मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
प्रकाशित मिति
२०७६ भाद्र १ गते, आईतवार ११:५५
काठमाडौं, काठमाडौंको ज्ञानेश्वरमा शनिबार बेलुकी स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि बस्ने बत्तीसपुतलीका २४ वर्षीय अनिश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । रातोपुलबाट कमलपोखरीतर्फ आउँदै गरेको बा ८२ प ८५४९ नम्बरको स्कुटर र विपरित दिशाबाट जाँदै गरेको बा ८५ प ७१५१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । आपसमा ठोकिएर नियन्त्रण गुमाएका सवारी साधनले पैदलयात्रीलाई समेत ठक्कर दिएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै, दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायकका २४ वर्षीय आशिष शाही, पैदलयात्री सोलुखुम्बुका २० वर्षीय प्रेम बहादुर भुजेल र स्कुटर चालक रातोपुलकी १९ वर्षीया रोविधा थापा घाइते भएका छन् । ट्राफिक कन्ट्रोल रुमका अनुसार शाही र भुजेलको राष्ट्रिय ट्रमा सेन्टरमा र थापाको कमलपोखरी स्थित हिमाल अस्पतालमा उपचार भइरहेको छ ।






प्रतिकृया