• ११ असोज २०८३, आइतबार
  • ७ः०५ बेलुका

बिगमार्ट खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट पाउने  

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार ०४:४६

भदौ १३, २०८० काठमाडौँ : स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ । उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

National Life

यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् । साथै स्मार्ट क्युआर र नेपाल पे क्युआर को अन्तर आबद्धता सुचारु भए संगै नेपाल पेमा आबद्ध भै स्मार्ट क्युआर मा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छन्

प्रतिकृया