• १३ असोज २०८३, मंगलबार
  • ५ः०० बेलुका

एमसीसीलाई आईपीएससँग जोड्ने कुरा हामी स्विकार्दैनौँ: माधव नेपाल

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ०४:४२

भदौ १२, २०८० काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन)एमसीसीमा केही अनुचित कुराहरू बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन आग्रह गरेका छन्।

National Life

मंगलबार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए ।


‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित शर्त स्विकार्नु हुँदैन । एमसीसीलाई आईपीएससँग जोड्ने कुरा हामी स्विकार्दैनौँ’, नेता नेपालले भने, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने अरु देशलाई शत्रु घोषणा गर्ने योजना हो।’

Classic Tech Mobile
Classic Tech Desktop

नेता नेपालले नेपालका कुनै पनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक टिप्पणीमार्फत एमसीसी पास गरेको भन्दै त्यसमा नेपाल कुनैपनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको बताए ।


‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेका हौँ,’ उनले भने, ‘अनुचित कुरा बाँकी छन् भने हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस्।’

प्रतिकृया