• १८:१६ २०८१ बैशाख १ गते
  • 6:16 pm

आइएमई पे र कान्तिपुर सिनेमास् बिच भुक्तानी साझेदारका लागि सम्झौता

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ०४:२८

Kantipur Cinemas mnemonic scaled e1693305775971

भदौ १२, २०८० काठमाडौँ : नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” ले कान्तिपुर सिनेमास् सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ ।


कान्तिपुर सिनेमास् एक ओ टी टी प्लेटफर्म OTT Platform हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई streaming सेवा प्रदान गरिन्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।


‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

प्रतिकृया