• २० असोज २०८३, मंगलबार
  • ११ः५८ बिहान

तीन दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्याे

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ११:२९

भदौ १२, २०८० काठमाडौँ : मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। तीन दिनदेखि स्थिर रहेको सुनको भाउ यस दिन प्रतितोला छ सय रुपैयाँ बढेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।


सोमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।


सोमबार चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।


आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया