• २० असोज २०८३, मंगलबार
  • ११ः५९ बिहान

सहरकारीको ऋण तिर्न नगरपालिकाको आग्रह

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार १०:५६

भदौ १२, २०८० काठमाडौँ : दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएका साँवा र ब्याज चुक्ता नगर्ने सहकारीका सदस्यलाई साँवा र व्याज तिर्न आग्रह गरेको छ । सहकारी संस्थाबाट ऋण लिइ तोकिएको समयभित्र ऋणको साँवा व्याज चुक्ता नगर्ने सदस्यहरुलाई संस्थाले एक पटक ऋण चुक्ताका लागि ताकेदा गर्दा पनि अपटेर गरी ऋणको साँवा व्याज नतिर्ने सदस्यालाई साँवा र ब्याज तिर्न आग्रह गरेको हो ।

National Life

संस्थामा बचत कर्ता शेयर दस्यहरुको रकम फिर्ता गर्न केही सहकारी संस्थालाईहरुलाई समस्या परेको पाइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


सदस्यहरुले बचत गरेको रकमबाट नै सदस्यहरुलाई कर्जा प्रवाह गरिने हुँदा ऋण सदस्यहरुले आफूले लिएको साँवा ब्याज समयमा नै नबुझाउँदा संस्थामा स्वाभाविकरुपमा समस्या आउने भएकाले हाल केही व्यक्तिहरुबाट समाजमा सहकारीको ऋण नतिरे पनि हुन्छ भन्ने गैरजिम्मेवारी कुरा सुनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुश अर्याल खनालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया