• २१ भदौ २०८३, आइतबार
  • १२ः२६ दिउँसो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट वनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने

प्रकाशित मिति

२०८० भाद्र ११ गते, सोमबार ११:२१

भदौ ११, २०८० काठमाडौँ : नेपाल वायुसेवा निगमले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट वनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने भएकाे छ। यहीँ भदौ १२ गतेदेखि कम्पनीले भैरहवा–काठमाडौँ–हङकङ र भैरहवा–काठमाडौँ–दिल्ली नियमित उडान भर्ने भएको हो।

National Life

भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको कम्पनीले जनाएको छ।


उडान तालिका अनुसार विहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौँमा अवतरण गर्नेछ। तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन्। यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्य सम्मकै बोर्डिङ्ग पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

Classic Tech Desktop

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको हो।


यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रूपमा यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ।

प्रतिकृया