• २३ भदौ २०८३, मंगलबार
  • ९ः०० राती

दक्षिणकाली नगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन स्वीकृति लागि निवेदन दिन सूचना जारी

प्रकाशित मिति

२०८० भाद्र ९ गते, शनिबार १२:४५

भदौ ९, २०८० काठमाडौँ : दक्षिणकाली नगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन स्वीकृति लिनका लागि निवेदन पेश गर्न सूचना जारी गरेको छ । शुक्रबार नगरपालिको सूचना जारी गर्दै सूचना जारी भएको १५ दिनभित्रमा तोकिएको ढाँचामा दक्षिणकाली नगरपालिकाको स्वास्थ्य शाखामा निवेदन दिन सूचना जारी गरेको हो ।

National Life

जनस्वास्थ्य सेवा ऐन तथा जनस्वास्थ्य सेवा नियमावली अनुसार निजी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थालाई आवश्यक काजगाजत सहित निवेदन दिन नगरपालिकाले आग्रह गरेको हो । क्लिनिक तथा १५ शैयासम्मको अस्पतालको इजाजत पत्र सञ्चालन स्वीकृति स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने कानुनी व्यवस्था अनुसार दक्षिणकाली नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका निजी स्वास्थ्य क्लििनक, आयुर्वेदिक क्लिनिक फार्मेसी १५ बेडसम्मको अस्पताल, डेण्डल, आँखा सम्बन्धी क्लिनिक, प्रयोगशाला, अकुपञ्चर फिजियोथेरापी लगायतका स्वास्थ्य सेवा प्रदायक संस्था दर्ता व्यासायिक दर्ता, तथा नविकरण गर्नका लागि आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको हो ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ मधु अर्याल खनालद्धरा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया