• २१ जेठ २०८३, बिहीबार
  • ७:१४ बिहान

ट्राफिक प्रहरीको लापसे चेकिङका क्रममा ३ जना चालक नियन्त्रणमा

प्रकाशित मिति

२०८० भाद्र ९ गते, शनिबार १२:२७

भदौ ९, २०८० काठमाडौँ : भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  ३ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।


नियन्त्रणमा आउनेमा प्रदेश २-०३-००१ज ०१४७ नम्बरको विङ्गर चालक  सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरका २८ वर्षीय जनक भुजेल, बा४ख ८०७५ नम्बरको मिनिबस चालक धनुषाको जनकपुर उपमहानगरपालिका ७ का ३८ वर्षीय प्रभाष कुमार झा र ना५ख ९१५९ नम्बरको कन्टेनर चालक दोलखाको भिमेश्‍वर नगरपालिका ६ का ४२ वर्षीय सन्तोष भण्डारी रहेका छन् ।

Kamana Sewa

नियन्त्रणमा लिएका ‍ तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा पठाईएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको  संयुक्त टोलिले आज‍ १४ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने ‍लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए ।

Classic Tech Desktop

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो  ।


यसरी सवारी साधन चलाउँदा  चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने  भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नुहुन अनुरोध गरिएको छ ।

प्रतिकृया