• २ असोज २०८३, शुक्रबार
  • ३ः३७ दिउँसो

इरानी तेलको ट्याङ्कर जफत गर्न अमेरिकाद्वारा पक्राउ पुर्जी जारी

प्रकाशित मिति

२०७६ भाद्र १ गते, आईतवार ०६:५४

एजेन्सी । ब्रिटिश प्रवासी क्षेत्र एवं हेडल्यान्ड जिब्राल्टरमा गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्याङ्करलाई अमेरिकाको न्याय मन्त्रालयले जफत गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ। जिब्राल्टरका एकजना न्यायाधीशले घर फर्कने अनुमति दिने निर्णय गरेको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले उक्त पुर्जी जारी गरेको हो । सिरियातर्फ जाँदै गरेको शङ्कामा ग्रेस(वान नामक उक्त ‘सुपर ट्याङ्कर’लाई गत जुलाई ४ मा ब्रिटेनको स्वशासित क्षेत्र जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो। उक्त ट्याङ्करलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले बिहीवार त्यसलाई अस्वीकार गरिदिएको थियो।
ग्रेस(वानलाई नियन्त्रणमा लिइएको दुई साता पश्चात् गत जुलाई १९ मा इरानले ब्रिटिश झण्डावाला एउटा ट्याङ्कर स्टेना इम्पेरियोलाई स्ट्रेट अफ हर्मुज भनिने क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। इरानी उक्त समुद्री जहाजले अन्तर्रा्ष्ट्रिय सामुद्रिक नियमलाई तोडेको दाबी गरे पनि उक्त कार्यलाई जिब्राल्टरमा आफ्नो ट्याङ्कर पक्राउको प्रतिउत्तरमा उसले त्यस्तो गरेको ठानिन्छ। उसले अन्तर्रा्ष्ट्रिय आकस्मिक आर्थिक अधिकार ऐन, ब्याङ्क छली, सम्पत्ति शुद्धिकरण र आतङ्कवाद कानुनको उल्लङ्घन गरेको आधारमा त्यसो गर्न सकिने दाबी गर्दै आएको छ।

National Life

प्रतिकृया