• १२ असोज २०८३, सोमबार
  • १२ः०७ राती

स्याफ्रूवेशीबाट २ केजी सुन सहित दुईजना पक्राउ

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०२:०६

भदौ ४, २०८० काठमाडौँ : गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहेँलो धातु करिब २ केजीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरी बस्ने २४ वर्षीय सुदिप शेर्पा र सोही गाउँपालिका-१ घर भएका ३० वर्षीय फुस्याङबु शेर्पा रहेका छन्।


दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर भएका २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको हो। प्रहरी चौकी स्याफ्रूवेशीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टिमुरेबाट स्याफ्रूवेशीतर्फ जाँदै गरेका पैदलयात्री सुदिपलाई बिस्कुट आकारको २ थानमा लुकाई छिपाई ल्याएको उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै थप अनुसन्धानको क्रममा उनका भिनाजु नाता पर्ने फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएपछि सोही गाउँपालिका-२ टिमुरेबाट फुस्याङबु शेर्पालाई समेत प्रहरीले पक्राउ गरेको हो ।


बरामद गरिएको सुन परीक्षण गर्न र अवैध क्रियाकलाप गर्ने दुई शेर्पा उपर कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग काठमाडौँमा पठाइसकिएको बताइएको छ।

प्रतिकृया