• २५ जेठ २०८३, सोमबार
  • १२:४२ बेलुका

सातै प्रदेशमा समाजवादी मोर्चा गठन गरिने

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार १०:३७

भदौ ४, २०८० काठमाडौँ: समाजवादी मोर्चाले प्रदेशस्तरमा पनि आफ्नो संगठन विस्तार गर्ने भएको छ । आज बिहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने र त्यस क्रममा प्रदेशस्तरीय मोर्चा पनि गठन गर्ने निर्णय गरेको हो।


नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालका अनुसार भदौ ८ गते मधेश प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा र १३ गते सुदूरपश्चिमको धनगढीमा सन्देश सभा आयोजना गरिने निर्णय भएको छ।

Kamana Sewa

यसैगरी भदौ १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा सभा आयोजना गरिने उनले जानकारी दिए।

Classic Tech Desktop

बैठकपछि सञ्चारकर्मीलाई निर्णय जानकारी गराउँदै उनले भने, ‘त्यो सन्देश सभामा हामी प्रदेशको मोर्चा पनि गठन गर्नेछौं ।’ समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।


उनीहरूले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।

प्रतिकृया