• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

छानबिन समिति बनाउन सरकार सकरात्मक- लिङ्देन

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ०५:४१

भदौ ३, २०८० काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को अनुसन्धान प्रभावित नहुनेगरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् ।

National Life

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार र प्रतिपक्षबीचको छलफल सकारात्मक भएको बताएका हुन् । सरकार र प्रतिपक्ष दुवै लचिलो हुँदा निष्कर्ष निस्कने उनको बुझाइ थियो ।


उनले भने, ‘बीचको बाटो निकाल्ने भन्नेछ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ । अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पनिसदन सञ्चालन गर्ने बारेमा सकारात्मक छलफल भएको बताए ।

प्रतिकृया