छानबिन समिति बनाउन सरकार सकरात्मक- लिङ्देन
प्रकाशित मिति
२०८० भाद्र ३ गते, आईतवार ०५:४१

भदौ ३, २०८० काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को अनुसन्धान प्रभावित नहुनेगरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार र प्रतिपक्षबीचको छलफल सकारात्मक भएको बताएका हुन् । सरकार र प्रतिपक्ष दुवै लचिलो हुँदा निष्कर्ष निस्कने उनको बुझाइ थियो ।
उनले भने, ‘बीचको बाटो निकाल्ने भन्नेछ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ । अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ ।’
बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पनिसदन सञ्चालन गर्ने बारेमा सकारात्मक छलफल भएको बताए ।
प्रतिकृया