• ६ असोज २०८३, मंगलबार
  • ७ः३६ बेलुका

माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने

प्रकाशित मिति

२०८० श्रावण १७ गते, बुधबार १०:४३

१७ श्रावण २०८०, काठमाडौँ: नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ। बुधबार बिहान पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे । पार्टीभित्रकै नेताहरूको दबाबका कारण बैठक लाइभ नगर्ने निर्णय भएकाे एक नेताले जानकारी दिए ।

National Life

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुन लाग‍ेकाे हाे । केन्द्रीय समितिको बैठकमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।


केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, ७५ जना आयोगका सदस्यहरू र १०० जना प्रदेश पदाधिकारीहरू सहभागी हुँदैछन् । कुल ७५८ जना माओवादी नेताहरू बैठकमा सहभागी हुनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्नका लागि ५-५ मिनेटको समय दिइनेछ । माओवादीले मंगलबार सबै केन्द्रीय सदस्यहरूलाई परिचयपत्र वितरण गरिसकेको छ ।


२०७९ सालकाे असारमा पहिलोपटक माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको थियो ।

प्रतिकृया