• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपिओ बिक्री गर्दै

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ०१:०२

१५ श्रावण २०८०, काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि प्रिमियममा आइपिओनिष्कासन गर्ने भएको छ ।

National Life

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।


कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।


त्यसैगरी, कुल सेयरको ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।


कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।


कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ।कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको सुरक्षित रहेको जनाउँछ।

प्रतिकृया