• 4:30 pm

महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ०१:३६

१५ श्रावण २०८०, काठमाडौँ : काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो ।


दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् ।चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको उपचार जारी छ ।


१२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको छ ।

प्रतिकृया