• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

एभरेष्ट बैंकद्वारा मुरली चोक जनकपुरमा आफ्नो १२७ औं शाखा उद्घाटन ।

प्रकाशित मिति

२०८० श्रावण १२ गते, शुक्रबार ०४:०३

१२ श्रावण २०८०, काठमाडौँ: एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०८० साल श्रावण १२ गतेका दिन जनकपुरको मुरली चोकमा आफ्नो १२७ औं शाखा उद्घाटन गरेको छ ।

National Life

उक्त शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्माले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक श्री विभूती न्यौपाने लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


सो उद्घाटन समारोहमा अध्यक्ष श्री झा ले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरली चोकमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनु भयो । साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारत संगको साझेदारीले गर्दा स्थानिय बासिन्दालाई रेमिटान्स र अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । यो संगै जनकपुरमा बैंकको शाखा संख्या २ पुग्नुका साथै मधेश प्रदेशमा १४ पुगको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिकृया