• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

एक लाख २० हजार वर्षकै तातो महिना बन्यो जुलाई

प्रकाशित मिति

२०८० श्रावण १२ गते, शुक्रबार ०४:३६

१२ श्रावण २०८०, काठमाडौँ: यो वर्ष जुलाई तापक्रमको रेर्कड राख्न थाले यताकै उच्च गर्मी भएको महिना बनेको छ । अनुसन्धानकर्ताहरुले सन् २०१९ को रेर्कड तोड्दै सन् २०२३ को जुलाई इतिहासकै तातो महिना बनेको बताएका छन् ।

National Life

बढ्दो तापक्रमलाई लिएर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले यो ग्रह उम्लिएको युगमा प्रवेश गरेको टिप्पणी गरेका छन् ।


गर्मी अत्यधिक बढ्नुमा जिश्वाम इन्धनको प्रमुख कारण रहेको वैज्ञानिकहरुको भनाइ छ । रुखको भित्रिभाग, कोरल रिफ र समुद्रको गहिराईजस्ता विभिन्न किसिमका अध्ययनबाट तयार पारिएको तथ्यांक विश्लेषणका आधारमा जुलाई महिना एक लाख २० हजार वर्षयताकै गर्मी महिना भएको विज्ञहरु बताउँछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार विश्वको सबैभन्दा तातो दिन जुलाई ६ मा रेर्कड भएको छ । यो महिनाका २३ दिन सबैभन्दा तातो दिन बनेका छन् । सन् २०१९ को जुलाईको औसत तापक्रम १६.६३ डिग्री सेल्सियसको रेर्कड तोड्दै सन् २०२३ को जुलाईको औसत तापक्रम महिना नसिकँदै १६.९५ डिग्री सेल्सियस पुगेको हो ।

प्रतिकृया