• 4:56 pm

चित्लाङतर्फ जाँदै गरेको भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु

प्रकाशित मिति

२०८० श्रावण १२ गते, शुक्रबार ०४:५२

१२ श्रावण २०८०, काठमाडौँ: चन्द्रागिरि नगरपालिका–४, पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा जाँदै गरेको बा१०च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।


शुक्रबार दिउँसो भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेर चालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।


प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंबाट मकवानपुरको चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको भ्यानलाई धकेल्दा ओभर स्पिड भएर सडकबाट खसेको देखाएको छ ।

प्रतिकृया