• १५ साउन २०८३, शुक्रबार
  • ९:०३ बेलुका

प्रभु बैंकले पशुपति विकास कोषलाई दियो हाइड्रोलिक गाडी

प्रकाशित मिति

२०८० असार २७ गते, बुधबार ०१:१८

२७ असार २०८०, काठमाडौँ : प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ। सोमबार ‍बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री सुदन किराँतीलाई गाडीको चाबी हस्तान्तरण गरेका हुन्।


१७ लाख रुपैयाँ बराबरको यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ। पशुपति क्षेत्रमा दैनिक सिर्जना हुने फोहोरजन्य सामाग्री व्यवस्थापनका लागि गाडीले थप सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ।

Kamana Sewa

टाटाको एस हपर सिरिजको टिपर दैनिक संचालनका लागि एक चालकलाई पारिश्रामिक स्वरुप २५ हजार रुपैयाँ व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ।

Classic Tech Desktop

मन्त्रालयले एक वर्षका लागि पारिश्रामिक वापत तीन लाख रुपैयाँ उपलबध गराउने मन्त्रालयले जनाएको छ।


बैंकले आउँदा दिनमा पनि मन्त्रालय र पशुपति विकास कोषसँगको सहकार्य गरेर अघि बढ्ने योजना बनाएको बैंकका कार्यकारी अध्यक्ष शेरचनले बताए। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।

प्रतिकृया