• २९ भदौ २०८३, सोमबार
  • ४ः२३ बिहान

स्कटल्यान्ड्सद्वारा नेदरल्यान्ड्सलाई जितका लागि २७८ रनको लक्ष्य

प्रकाशित मिति

२०८० असार २१ गते, बिहीबार ०५:१०

२१ असार २०८०, काठमाडौँ: आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनका लागि निर्णायक मानिएको खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई जितका लागि २ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

National Life

बुलवायोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो। उसका लागि ब्रान्डन म्याकमुलनले १०६ रनको शतकीय इनिङ खेल्दा कप्तान रिचि बेरिङ्गटनले ६४ रनको इनिङ खेले। त्यस्तै टोमस म्याकिन्सटसले ३८ रन बनाउँदा क्रिश्टोफर म्याकब्राइडले ३२ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा क्रिस ग्राभेसले १८ रन बनाए । डच टोलीका लागि बास डि लिडले ५ विकेट हात पारे। त्यस्ते रियन क्लेइनले २ तथा लोगन भान ब्रेकले १ विकेट हात पारेका थिए ।


जिम्बाब्वेमा जारी विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्कटल्यान्डलाई विजयी भएमा ८ अंकका साथ दोस्रो स्थानमा रहने छ भने नेदरल्यान्ड्स विजयी हुँदै नेनरनरेट पनि सुधार गर्नुपर्ने छ। नेदरल्यान्ड्सले जितको अन्तर फराकिलो पार्नु पर्ने छ अन्यथा जितका बाबजुत स्कटल्यान्डले विश्वकपमा स्थान बनाउने छ।


नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०।०९९ र स्कटल्यान्डको प्लस ०.२६९ रहेको छ। स्कटल्यान्ड चौथो पटक विश्वकपमा पुग्ने लक्ष्यमा रहेको छ। यसअघि स्कटल्यान्डले १९९९, २००७ र २०१५ मा एकदिवसीय विश्वकप खेलेको थियो । नेदरल्यान्ड्सले १९९६, २००३, २००७ र २०११ मा विश्वकप खेलेको थियो। नेदरल्यान्ड्स १२ वर्ष र स्कटल्यान्ड ८ वर्षपछि पुन विश्वकप पुग्न चाहन्छन् ।

प्रतिकृया