• २८ भदौ २०८३, आइतबार
  • ३ः५८ दिउँसो

कोशीमा कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त

प्रकाशित मिति

२०८० असार २१ गते, बिहीबार ०५:३५

२१ असार २०८०, मोरङ : कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङ्ले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

National Life

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरेका थिए ।


नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल गठन गरेर सपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताए । ‘विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहन्छ,’ उनले भने, ‘तर राप्रपाको समर्थन प्राप्त नभएको अवस्थामा सभामुखको निर्णायक मतले पनि विश्वासको मत प्राप्त गर्छौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

सभामुख प्रदेशसभामा दल त्याग गरेर तटस्थ हुँदा पनि निर्वाचन आयोगको तथ्यांक अनुसार यस प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसदको संख्या १३ रहेकोलाई संवैधानिक र कानुनी रुपमा अस्विकार गर्ने अवस्था नरहेको गठबन्धन दलका सांसदहरुको भनाइ छ ।


एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङ्ले आइतबार सरकार गठनका लागि दावी पेस गर्न बिहीबार साँझ ५ वजेसम्मका लागि समय दिएका थिए ।

प्रतिकृया