• २९ भदौ २०८३, सोमबार
  • २ः५१ दिउँसो

एलओडीका दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित मिति

२०८० असार २१ गते, बिहीबार ०२:३०

२१ असार २०८०, काठमाडौँ: काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट अनुमति लिएको छ ।

National Life

एक १६ वर्षीया बालिका बलात्कारको घटनामा अनुसन्धान गर्न क्लबका सञ्चालकद्वय रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । नाबालिगलाई क्लबमा प्रवेश दिएको बारेमा अनुसन्धान गर्न एलओडीका दुई सञ्चालकविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको ललितपुर प्रहरीले जनाएको छ ।


गएको जेठ ३० गते ती बालिका एलओडी गएकी थिइन् । आफूलाई एलओडीबाट ललितपुर लगी बलात्कार गरिएको भन्दै उनले ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बालिकाको जाहेरीका आधारमा प्रहरीले बलात्कारको आरोपमा पोखरा घर भई ललितपुरको बागडोलमा बस्दै आएका सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ । प्रहरीसँगको बयानमा ५० वर्षीय कोइरालाले पीडित बालिका नाबालिग नभएको जिकिर गरेका छन् ।

प्रतिकृया