• २ असोज २०८३, शुक्रबार
  • ३ः०१ दिउँसो

डा किरण जंग कुँवरको नेतृत्वमा महेन्द्र नारायण निधी अस्पताल संचालनमा

प्रकाशित मिति

२०८० असार १ गते, शुक्रबार १२:४४

१ असार २०८०, काठमाडौँ: वरिष्ठ मिर्गौला तथा मुत्ररोग विशेषज्ञ सहित विभिन्न विधाका वरिष्ठ विशेषज्ञद्वारा यहि मिति २०८० असार १ गते देखी यस महेन्द्र नारायण निधी अस्पताल पुन नयाँ सिराबाट संस्थाका कार्यकारी निर्देशक डा किरण जंग कुँवरको नेतृत्वमा संचालन हुने भएको छ।

National Life

सामुदायिक अस्पतालको रुपमा रहेको महेन्द्र नारायण निधी अस्पतालमा सर्बसुलभ तथा गुणस्तरीय सेवा प्रदान गरिने कुरा कुँवरले स्पस्ट पार्नुभएको छ। यस अस्पताललाई नेपालकै पहिलो मिर्गौलाको रेफरल सेन्टर बनाएर आम सर्बसाधारणलाई चुस्त दुरुस्त सेवा दिने र हप्ताको ६ दिन नै बिहान र बेलुका गरी ओ.पि.डी सेवा संचालन गरिने कुरा उहाँले जानकारी दिनुभएको हो । शहिद धर्मभक्त रास्ट्रिय प्रत्यारोपण केन्द्रमा वरिष्ठ मुत्ररोग तथा मृगौला प्रत्यारोपण विशेषज्ञका रुपमा कार्य गरिसक्नुभएका कुँवरले यस अस्पतालमा डायलाईसिस सेवा साथै मिर्गौला प्रत्यारोपण सम्बन्धी ओ.पि.डी सेवा पनि दु्र्त गतिमा संचालन गरिने कुरा प्रस्ट पार्नु भएको छ।


“मृगौला जचाऊँ मृगौला बचाउँ” भन्ने अभियानका साथ मृगौला सम्बन्धी सेवा २४ सै घण्टा उपलब्ध गराउन यस अस्पताल आतुर रहेको कुरा संस्थाका कार्यकारी प्रमुख कुँवरले बताउनु भयो। बिश्व स्वास्थ्य संगठनको “Health for All” भन्ने नारालाई आत्मसात गर्दै नि:शुल्क (FREE GENERAL OPD) सेवा बिहान १० बजे देखी बेलुकी ४ बजे सम्म यस महेन्द्र नारायण निधी अस्पतालमा संचालमा ल्याउने कुरा डा किरणले जोड दिनुभयो । यस कार्यले आम सर्वसाधारणले औषधी पसलमा गएर हचुवाको भरमा चिकित्सकको परामर्श बिना औषधी सेवन गर्ने बिरामीहरुको न्युनिकरण हुने कुरामा दुई मत नरहेको कुरा कुँवरले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया