• १ असोज २०८३, बिहीबार
  • ३ः२७ राती

ससुराली पुगेर श्रीमती, सासू र सालो माथि खुकुरी प्रहार

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०१:५०

सन्धिखर्क, अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा एक युवकले ससुराली पुगेर खुकुरी प्रहार गर्दा श्रीमती, सासू र सालो घाइते भएका छन्। सोमबार राति भुमिकास्थान नगरपालिक–६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले ससुराली पुगेर श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्रीलाई खुकुरी प्रहार गरेका हुन् ।

National Life

घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको र त्यहाबाट पनि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। खुकुरी प्रहार गरेका उनी रातिदेखि नै फरार रहेको र खोजी कार्या जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया