नेकपा केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने
प्रकाशित मिति
२०७६ श्रावण २८ गते, मंगलवार १०:३२
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन बुधबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकाले मंगलबार बस्ने भनिएको बैठक बुधबार सरेको हो ।
सकेसम्म रुचिअनुसारकै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार हुने महासचिव पौडेलले बताएका छन् । स्थायी कमिटी सदस्यहरुलाई विभाग प्रमुख तथा कतिपय ठूला जनसंगठनको इञ्चार्ज बनाउने तयारी भइरहेको छ । जुनियर केन्द्रीय सदस्यहरुलाई विभागको उपप्रमुख तथा जनसंगठनको सह(इञ्चार्जको जिम्मेवारी दिइने नेकपा स्रोतले जनाएको छ । सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्ने बताइएको छ । पौडेलले यसबीचमा स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुसँग तीन विकल्पसहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसंगठनको रुचिबारे लिखित तथा मौखिक सुझाव संकलन गरेका छन् ।





प्रतिकृया