• १ असोज २०८३, बिहीबार
  • ४ः४७ बिहान

आज अन्तर्रा्ष्ट्रिय युवा दिवस, नेपालमा पनि कार्यक्रम गरी मनाइदै

प्रकाशित मिति

२०७६ श्रावण २७ गते, सोमबार ०७:१३

काठमाडौं, आज अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज (सोमबार) विश्वभर २० औंँ अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाइदै छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो ।

National Life

संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार विश्वमा सन् २००० बाट विभिन्न देशले अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाउँदै आएका छन् । नेपालमा भने यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो ।

प्रतिकृया