• १३ असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

ओलीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न एमालेका उपाध्यक्ष विष्णु पौडेलद्धारा माग

प्रकाशित मिति

२०८० बैशाख १५ गते, शुक्रबार ०४:०९

१५ वैशाख २०८०, काठमाडौँ: प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

National Life

उपाध्यक्ष पौडेलले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै बिहीबार इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेताहरुलाई एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाए । उनले सत्तापक्षकै कार्यकर्ताहरु पनि सो आक्रमणको घटनामा सामेल भइरहेको सूचना आफ्नो पार्टीले पाएको जिकिर गर्दै यथार्थ जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे ।


उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए । उनले सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न लाचारी र कायरता प्रर्दशन गरिरहेको भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले सरकारलाई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि खबरदारी गरे ।

प्रतिकृया