बुढ्यौलीमा लाग्ने बिमारलाई लिएर राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वभाविक : राजेन्द्र लिङ्देन
प्रकाशित मिति
२०८० बैशाख १५ गते, शुक्रबार ०३:४८

१५ वैशाख २०८०, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उहाँले चिकित्सकले रिफर नगर्दासमेत जहाँज चार्टड गरी विदेश लैजानु अस्वभाविक भएको बताए । उनले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २र२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताए ।
उनले सरकार श्रोतमा हात हाल्न पाउने बित्तिकै व्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले यस्ता नकरात्मकतालाई रोक्न राप्रपा बलियो बन्नुपर्ने बताए ।
अध्यक्ष लिङ्देनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएको कारण पनि राम्रो मत आउन नसकेको स्पष्ट पारे । उनले जनता विकल्पको तयारीमा रहेको स्पष्ट भएको बताए ।
प्रतिकृया