गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा
प्रकाशित मिति
२०८० बैशाख ४ गते, सोमबार ११:१०
४ वैशाख २०८०, काठमाडौँ: इन्डियन प्रिमियर लिग(आइपिएल) मा राजस्थान रोयल्सले पाँचौ खेलमा चौंथो जित निकालेको छ। आइतबार राति भएको खेलमा गुजरातलाई ३ विकेटले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो। उसका लागि डेभिड मिलरले ४६ रन बनाउँदा शुभमन गिलले ४५ रन बनाएका थिए। त्यस्तै हार्दिक पाणंड्याले २८ रन बनाउँदा अभिनभ मनोहरले २७ रन बनाए।
१७८ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ बल बाँकी हुँदा लक्ष्य पूरा गरेको थियो। राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ६० रन बनाउँदा सिम्रन हेटमेयरले ५६ रन बनाए। त्यस्तै देवदत पाडिकलले २६ रन बनाउँदा धुर्व जुरेलले १८ रन बनाए। रविचन्द्रन आश्विनले १० रन बनाएका थिए।
जितपछि राजस्थानको ५ खेलबाट ४ जितका साथमा ८ अङ्क भएको छ। त्यस्तै, लखनउ सुपर जायन्ट्स, गुजरात टाइटन्स र पञ्जाब किंग्सले समान ६-६ अङ्क बनाएका छन्।







प्रतिकृया