• ९ असोज २०८३, शुक्रबार
  • ८ः०१ राती

मेन्छियाम हाइड्रोको आइपीओ सर्वसाधारणलाई बिक्री खुला

प्रकाशित मिति

२०८० बैशाख ४ गते, सोमबार १०:५१

४ वैशाख २०८०, काठमाडौँ: मेन्छियाम हाइड्रोपावरको आइपीओ सोमबारदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले आज वैशाख ४ गतेदेखि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो ।

National Life

यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ। त्यस्तै, ५% अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।


बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया