• १४ असोज २०८३, बुधबार
  • १०ः२४ बिहान

नयाँ बन्ने फिल्म ‘टाइगर भर्सेस पठान’ मा सलमान र शाहरुख एकअर्कासँग भिड्दै

प्रकाशित मिति

२०७९ चैत्र २७ गते, सोमबार ०१:२०

२७ चैत्र २०७९, काठमाडौँ: यशराज फिल्मस्ले निर्माण गर्न लागेको नयाँ फिल्म ‘टाइगर भर्सेज पठान’ महँगो रकममा तयार हुने भएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार हुने यो फिल्ममा बलिउडका दुई सुपरस्टार नायकहरू साहरूख खान र सलमान खानले मुख्य भूमिकामा काम गर्दैछन् ।

National Life

यो फिल्मको छायांकन सन् २०२४ बाट सुरु गर्ने तयारी यशराजको छ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने निर्माणपक्षले तयारी गरेको छ । भारतीय मिडियाका अनुसार, यो फिल्म बलिउडकै सबैभन्दा महँगो फिल्म बन्ने भएको छ । फिल्मका लागि यशराजले ३ सय करोड लगानी गर्दैछ ।


३ सय करोडमा साहरूख र सलमानको पारिश्रमिक समावेश गरिएको छ । साहरूख र सलमानले फिल्मको नाफाबाट मुनाफा लिनेछन् । बलिउडका सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको यो फिल्मलाई लिएर अहिले बाट नै चर्चा सुरु भइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

स्पाई यूनिभर्स अन्तर्गत बन्ने फिल्ममा साहरूख र सलमानको एक अर्कासँगको टकराब देखाइनेछ ।

प्रतिकृया