• ११ असोज २०८३, आइतबार
  • १ः२३ दिउँसो

वैशाख १० उपनिर्वाचन: दल दर्ता गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार ०८:१७

चैत १२, २०७९, काठमाडौँ: निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आइतबारसम्म रहेको जनाएको छ। आयाेगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेकाे थियाे। उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ।

National Life

आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ। आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।


यसैगरी, आयोगले चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ। चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हाे।

Classic Tech Mobile
Classic Tech Desktop

चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनकाे सांसद पद गुमेकाे थियाे । बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन् ।


तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए ।

आयाेगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचाेटि निर्वाचन गर्ने जनाएकाे छ ।

प्रतिकृया