• १८ भदौ २०८३, बिहीबार
  • ९ः०५ राती

मस्तिष्क मृत्यु बाट प्राप्त कलेजो प्रत्यारोपित डिस्चार्ज

प्रकाशित मिति

२०७९ फाल्गुन २८ गते, आईतवार ०१:१४

२८ फागुन, २०७९, काठमाडौँ: मस्तिष्क मृत्युबाट प्राप्त अंगबाट प्रत्यारोपण भएका १ जना कलेजो र २ जना मृर्गौला प्रत्यारोपिततहरु गरी तीनै जनासकुशल डिस्चाज भएका छन । नेपालको इतिहासमा पहिलो पटक मस्तिष्क मृत्यूबाट प्राप्त कलेजो प्रत्यारोपण गरी कलेजो प्रत्यारोपपित ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय किरण थापा सकुशल आज आरशेनको १० औं दिनमा डिस्चा र्जहुनु भएको हो । त्यस्तै सोही दिन मस्तिष्क मृत्यूबाट प्राप्त २ वटा मृर्गौला मध्ये एक जना मृर्गौला प्रत्यारोपित अपरेशनको पाँचौ दिनमा र अर्को मृर्गौला प्रत्यारोपित आज सकुशल डिस्चार्ज हुनु भएको हो ।


२०७४ बैशाख २८ गतेबाट पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भए पश्चात हाल सम्म पाँच जना व्यक्तिबाट प्राप्त १० वटा मृर्गौला र ३ वटा कलेजो प्रत्यारोपण भएको छ । केन्द्र काकार्यकारी निर्देशक डा.पुकार चन्द्रश्रेष्ठले अङ्ग फेल भएका र अंगनपाएर प्रत्यारोपण गर्न नपाइ मृत्यू बरण सम्म गर्नु पर्ने बाध्यताको अन्तगर्न हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन पर्ने कुरा उल्लेख गर्नु भयो । अंगदा नगर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य सूचारु गर्न सबैमा अनुरोध गर्नु हुँदै मृर्गौला, कलेजो लगायतका अंग फेल भएका व्यक्तिहरु समय समयमा जाँच गरी प्रत्यारोपणका लागि हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा रहेको समन्वयइकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समते आग्रहगर्नु भयो ।

Kamana Sewa

प्रतिकृया