• १६ भदौ २०८३, बुधबार
  • २:२४ बेलुका

आइसिसी विश्वकप लिग–२ :नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

प्रकाशित मिति

२०७९ फाल्गुन २८ गते, आईतवार ०१:२०

२८ फागुन, २०७९, काठमाडौँ: आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले युएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बाँकी छँदै सबै विकेट गुमाएर २४८ रन बनायो।


नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए। आठौं अर्धशतक प्रहार गरेका रोहित नेपालबाट सर्वाधिक एक दिवसीय अर्धसतक बनाउने खेलाडीसमेत बने। ११२ बल खेलेका उनले ९ चौकासहित ७७ रन बनाए। यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुल्सन झा ३७, दीपेन्द्र सिंह ऐरी ३४, भीम सार्कीले २९ रन बनाए।

Kamana Sewa

प्रतिकृया