• १८ भदौ २०८३, बिहीबार
  • ९ः५५ राती

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट बीच सम्झौता

प्रकाशित मिति

२०७९ फाल्गुन २८ गते, आईतवार १२:४५

२८ फागुन, २०७९, काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. बीच वैदेशिक रेमिट्रयान्स बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गर्नुभएको छ ।


सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धीत व्यक्तिलाई बैंकको शाखा कार्यालयहरु मार्फत नियमानुसार सहज रुपमा भुक्तानी हुने छ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास गरिएको छ ।

Kamana Sewa

उक्त सम्झौता कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत दुर्गा कँडेल, भुक्तानी तथा फस्र्यौट विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाको उपस्थिती रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग,QR Code सेवा, POS (Point of Sale)सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller(बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने USSD मोवाईल बैंकिङ्गका सेवाहरु समेत संचालनमा रहेका छन ।

Classic Tech Desktop

प्रतिकृया