• 7:38 am

रामसहाय प्रसाद यादवले आफूविरूद्ध परेको उजुरीको प्रष्टिकरण पेश गरे

प्रकाशित मिति

२०७९ फाल्गुन २८ गते, आईतवार १२:१८

२८ फागुन, २०७९, काठमाडौँ: जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहायप्रसाद यादवले आफूमाथि परेको उजुरीको स्पष्टीकरण दिएका छन् । आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार यादवले आफूविरूद्ध परेको उजुरीको प्रष्टिकरण पेश गरेका हुन्।


शनिबार नेकपा एमालेले संविधान विपरित राष्ट्रपतिमा पुरूष उम्मेदवार निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने माग गर्दै यादवको उम्मेदवारी खारेजीको माग गरेको थियो।


सोही विषयमा जवाफ दिँदै यादवले संविधानको धारा ७०, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको दफा १६ को ५ मा भएको व्यवस्थाअनुसार आफू राष्ट्रपति निर्वाचित ब्यक्तिभन्दा फरक समुदायको मधेशी भएको बताएका छन्।

प्रतिकृया