• 3:59 am

एसिया प्यासिफिक एडभान्स नेटवकर्क ५५औं सम्मेलन काठमाडौंमा हुने

प्रकाशित मिति

२०७९ फाल्गुन २८ गते, आईतवार ११:५३

२८ फागुन, २०७९, काठमाडौँ: एसिया प्यासिफिक एडभान्स नेटवकर्क (एपान) को ५५औं सम्मेलन काठमाडौंमा हुने भएको छ । सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नेछिन्। आगामी सोमबार फागुन २९ उद्घाटन गरी चैत्र ३ गते उक्त सम्मेलन हुने नेपाल रिसर्च एण्ड एजुकेशनले जनाकारी दिएको छ।


पाँच दिनसम्म सञ्चालन हुने उक्त सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको आयोजकले जनाएको छ। सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरु सहभागि हुनेछन्। उक्त सम्मेलनको आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धि संस्थाहरुको सहयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन)ले गर्नेछ।

प्रतिकृया