• १९ भदौ २०८३, शुक्रबार
  • १२ः१३ दिउँसो

सिन्धुली बस दुर्घटना : उद्दार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति

२०७९ फाल्गुन २८ गते, आईतवार ११:२९

२८ फागुन, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुली बस दुर्घटनाको उद्दार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। आइतबार बिहान ओेखलढुंगाको रूम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना समेत गरेका छन्


‘सिन्धुलीमा बस दुर्घटना भई ५ जनाको मृत्यु र दर्जनौं यात्रू घाइते भएको खबरले दुखी तुल्याएको छ। दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्दार कार्य प्रभावकारी बनाउन सम्वद्ध सबैमा निर्देशित गर्दछु,’ उनले भनेका छन्।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया