• ३१ भदौ २०८३, बुधबार
  • ६ः५७ बिहान

विपन्न परिवारलाई निःशुल्क मिटर बक्स वितरण

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०३:००

काठमाडौँ, तुलसीपुर विद्युत प्राधिकरणले विपन्न परिवारलाई निःशुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.११ का ३० जना विपन्न परिवारलाई वडा कार्यालयले गरेको सिफारिसका आधारमा निस्शुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरिएको हो ।

National Life

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चित्रबहादुर वलीले विद्युत कार्यालयले विपन्न परिवारलाई निःशुल्क मिटर बक्स वितरण गरेर सराहनीय कार्यको सुरूआत गरेको बताउदै गरिबका झुपडीमा पनि बिजुली बत्तीको उज्यालो पुर्याउने स्थानीय सरकारको सपना सार्थक हुने आशा उहाँले व्यक्त गर्नु भएको छ ।

प्रतिकृया