एनएमबिबैंकद्धारा ९ वटा सामुदायिक विधालयमा १०० वटा डस्टबीन बितरण
प्रकाशित मिति
२०७९ फाल्गुन २१ गते, आईतवार ०५:२३
२१ फागुन २०७९, काठमाडौँ : एनएमबिबैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाकोे धुलाबारीमा१०० वटा डस्टबीन वितरण गरेको छ । उक्त सहयोग सो समुदायको विधालयको सरसफाई तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक बिधालयमा वितरण गरिएको हो । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो ।
सो कार्यक्रममा बैंकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनीयर बिजीनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिती थियो, साथै खानेपानी कार्यलयबाट अध्यक्ष अजय घिमीरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिीती थियो । एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबिबैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिका द्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबिबैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।






प्रतिकृया