• २८ भदौ २०८३, आइतबार
  • २ः५५ दिउँसो

आयोजक यूएईविरुद्ध खेल्दै नेपाल

प्रकाशित मिति

२०७९ फाल्गुन २२ गते, सोमबार ०९:३९

२२ फागुन, २०७९, काठमाडौँ: आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले जारी त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज आयोजक यूएईविरुद्ध खेल्दैछ ।

National Life

नेपाल यूएईविरुद्धको पहिलो खेलमा ६८ रनले पराजित भएको थियो । तथापि, जारी शृंखलामा नेपालले अर्को राष्ट्र पपुवा न्युगिनीविरुद्ध भने दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा तीन विकेटले हराएको थियो । यूएई भने पीएनजीविरुद्धको दुवै खेलमा पराजित भएको थियो । आइतबार सम्पन्न खेलमा पनि युएई पीएनजीसँग पाँच विकेटले पराजित भएको थियो ।


हारपछि यूएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौँ स्थानमा छ । यूएईको एक खेल ‘टाई’ भएको थियो भने दुई खेल नतिजाविहीन बनेको थियो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौँ स्थानमा छ । नेपालको एक खेल ‘टाई’ र एक खेल नतिजाविहीन भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल र यूएईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ११ः४५ मा हुनेछ ।

प्रतिकृया