• ४ साउन २०८३, सोमबार
  • ३:०१ बिहान

पोखराको फेवातालमा डुङ्गा पल्टिदा एकको मृत्यु

प्रकाशित मिति

२०७९ फाल्गुन २१ गते, आईतवार ११:४१

२१ फागुन २०७९, काठमाडौँ: पोखराको फेवातालमा हिजाे दिउँसो डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यु भएको छ। हिजा दिउँसो एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको हो । पोखरा महानगरपालिका १ बगरको एकै परिवारका पाँचजना बसेको डुङ्गा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।


सबैले लाईफ ज्याकेट लगाए पनि वृद्धालाई डुङ्गाले च्यापेकाले उनी पानीमा डुबेको प्रहरीको भनाई छ । छ जना बेपत्ता भएकोमा ५ जनाको सकुशल उद्धार गरिएको हो भने एक जनालाई बेहोस अबस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

वृद्धा महिलालाई बेहोस् अवस्थामा उद्धार गरि गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया