• ३ साउन २०८३, आइतबार
  • ९:२५ बिहान

नेपालको आर्थिक विकासको आधार पर्यटन हो : राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी

प्रकाशित मिति

२०७९ फाल्गुन २१ गते, आईतवार १२:१४

२१ फागुन २०७९, काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताउनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको एक गोष्ठीमा बोल्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताउनु भएको छ ।


बिश्वका अग्ला १२ हिमालहरु मध्य ८ वटा हिमालहरु नेपालमा मात्र अवस्थित हुनु सामान्य कुरा नभएको बताउदै हाम्रो देशका हिमाल, प्राकृतिक दृश्य, र बहुमुल्य जडिबुटी नेपालको पर्यटन उद्योगको आधार भएको बताउनु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पर्यटन संस्कृति प्रवर्धन र सर्वाङगीण विकास अर्धाखाँची जिल्लामा आधारित १२ वटा कार्यपत्र पेश गरीएको थियो । अर्धाखाँची, लुम्बिनी प्रदेश, सहित समग्र नेपालको पर्यटन विकासका सम्बन्धमा बर्तमान अवश्था, पर्यटन विकासका आधार लगाएतका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुको कार्यपत्र पेश गरीएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालयका मुख्य स्वकिय सचिव पारस पोखरेलले बताउनु भयो ।

Kamana Sewa

नेपालको समग्र पर्यटन विकासका सम्बन्धमा पुर्वसचिव सुरेश अधिकारी, डा.मुकुन्द भण्डारी, अनुसन्धानकर्ता अशोक पाण्डे, डा.निमानन्द रिजाल, डा.मुक्ति रिजाल, ईन्जीनियर मुक्ति अर्याल, डा.भिष्म भुसाल, डा.डेविड भुसाल, समाजशास्त्रि हिम्मत सिंह लेकाली, तुल्सीदास गौतम लगाएतका विभिन्न क्षेत्रका विज्ञहरुले कार्यपत्र पेश गर्नु भएको थियो । कार्यक्रमा योजना आयोगका सदस्य राम कुमार झुँयाल, त्रिभुवन विश्वविद्यालयका विभागका प्रध्यापक, पुर्व सचिवहरु, अनुसन्धानकर्ता,लगाएतका बौद्धिक ब्याक्तित्वहरुको सहभागिता रहेको थियो ।

Classic Tech Desktop

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला सिर्पाली ठकुरीले अध्यक्षता गरेको गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव सुरेश अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिकृया