• २१ भदौ २०८३, आइतबार
  • १ः५० दिउँसो

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचार संहिता भोलिदेखि लागू हुने, क-कसले गर्नुपर्छ पालना?

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार ०१:१०

१६ फागुन २०७९, काठमाडौँ: राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता फागुन १७ देखि लागू हुने भएको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको आचार संहिता लागू गर्ने आयोगले निर्णय गरेको हो।

National Life

फागुन १३ गतेका लागि तोकिएको मनोनयमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न कार्यतालिका छ।


आचार संहिता क कसलाई हुन्छ लागू?

Classic Tech Desktop

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन आचार संहिता संघ र प्रदेशका मन्त्री, सरकारकी कर्मचारी, सुरक्षा निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्थालाई आचारसंहिता लागू हुनेछ।


उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल, सञ्चार माध्यमका हकमा पनि आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

प्रतिकृया