संघीय सरकारले प्रदेशमा औद्योगिक वातावरण निर्माणको लागि अप्ठ्यारो पार्यो : मुख्यमन्त्री राउत
प्रकाशित मिति
२०७६ श्रावण २२ गते, बुधबार ०४:१६
जनकपुर, प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशमा औद्योगिक वातावरण निर्माणको लागि अप्ठ्यारो पारेको आरोप लगाउनुभएको छ ।
बुधबार जनकपुरमा आइएलओले आयोजना गरेको साना तथा मझौला उद्योगको लागि उपयुक्त वातावरण निर्माण सम्बन्धी सार्वजनिक निजी संवाद कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले औद्योगिक विकासको लागि पहल थालिसकेको भए पनि संघीय सरकारको उदासिनताका कारण काम अघि बढ्न नसकेको उनको भनाइ छ । उहाँले संघीय सरकारले समयमा आवश्यक ऐन कानून निर्माण नगर्दा समस्या भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले प्रदेश नं. २ मा लगानी गर्ने उद्योगहरुलाई २० वर्षसम्म कर छुट गर्ने, जग्गाको व्यवस्थापन गर्ने जस्ता नीति अघि सारेको छ । तर, संघीय सरकारका मन्त्रीहरुले विभिन्न बखेडा झिकेर प्रदेशको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्न खोजेका छन् ।’
मुख्यमन्त्री राउतले प्रदेश २ का युवाहरु रोजगार नपाएर खाडी मुलुकमा जान बाध्य भएको बताउँदै उहाँले युवालाई रोजगारमुलक तालिम दिएर साना व्यवसायहरु संचालनमा समक्ष बनाउन ठोस योजनाका साथ अघि बढेको र त्यसको परिणाम केही दिनभित्रै देखिने दावी गर्नुभयो ।






प्रतिकृया