• २५ भदौ २०८३, बिहीबार
  • ३ः३३ दिउँसो

राष्ट्रियसभा बैठकस् मानवाधिकारवादीलाई सोधपुछ गरिएकोप्रति ध्यानाकर्षण

प्रकाशित मिति

२०७६ श्रावण २२ गते, बुधबार ०३:३३

काठमाडौँ, राष्ट्रियसभाका सांसदले मानवाधिकारवादीहरुलाई प्रहरीले टेलिफोनमार्फत गरेको सोधपुछप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

National Life

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले मानवाधिकारको क्षेत्रमा स्थापित व्यक्तित्व दमननाथ ढुङ्गाना, कृष्ण पहाडी र चरण प्रसाईलाई प्रहरीद्वारा अनपेक्षित प्रश्न सोधाएर आमजनमानसमा भय–त्रास सिर्जना गर्न खोजेको त होइन भनी प्रश्न गर्नुभयो ।

सांसद अधिकारीले मानवाधिकारीवादीलाई प्रहरी प्रधान कार्यालयबाट अज्ञात प्रहरीले टेलिफोन गरी कुन संस्थामा आबद्ध हुनुहुन्छ भनी सोधेको विषयसम्बन्धी समाचारप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा सांसद डा बिमला राईले सरकारी नीति भए पनि नेपाली टेलिभिजनहरुका समाचारमा पढ्न र सुन्न नसक्ने व्यक्तिको सुसूचित हुने अधिकारका लागि आवश्यक मात्रामा दोभाषेको व्यवस्था नभएको गुनासो गर्नुभयो । उहाँले सबै टेलिभिजनलाई कम्तीमा दिनमा एक पटकको समाचारमा दोभाषेको व्यवस्था गर्ने नीतिको पालना गराउन माग गर्नुभयो ।

सांसद सुमनराज प्याकुरेलले हालैको बाढी र डुबानबाट पीडित जनताको जमीनमा वर्षे खेती नहुने अवस्था रहेकाले हिउँदे खेतीको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

प्रतिकृया