• १५ भदौ २०८३, मंगलबार
  • ९:३७ बिहान

संसदमा ज्ञानेन्द्र शाहीको प्रश्नः ‘मतपत्र छाप्न सक्ने सरकारले किताब छाप्न किन सक्दैन ?’

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार ०४:४०

२९ माघ २०७९, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले हिमाली जिल्लामा अझैसम्म पनि पाठ्यपुस्तक पुर्‍याउन नसकेकको भन्दै आक्रोश पोखेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले छिटोभन्दा छिटो हिमाली जिल्लामा किताब पुर्‍याउन माग गरे।


उनले भने, ‘हामी यहाँ निःशुल्क शिक्षाको कुरा गरिरहेका छौँ। हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ। फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ। तर अहिलेसम्म किताब पुर्‍याइएको छैन।’

Kamana Sewa

शाहीले मतपत्र छाप्न सक्ने सरकारले किताब किन छाप्न सक्दैन भनेर प्रश्न गरे। उनले भने, ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन?’

Classic Tech Desktop

प्रतिकृया