• १५ भदौ २०८३, मंगलबार
  • ७:४८ बिहान

नेप्से उच्च अंकले घट्याे

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार ०३:४१

२९ माघ २०७९, काठमाडौँ: आज नेप्से सूचक झण्डै ३ प्रतिशतले घटेको छ। आइतबार बजार खुलेदेखि नै नेप्से सूचक उच्च अंकले घटेको छ। यस दिन नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१.७५ विन्दुमा झरेको छ। आज कारोबार रकम भने ३ अर्ब रुपैयाँ माथि पुगेको छ। यस दिन ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर कारोबार भएको छ।


यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर, फाइनान्स लगायतका उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ। यस दिन खप्तड लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावर, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतभन्दा धेरै बढेको छ। यता सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै करिब ७ प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, बरुण हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा घटेको छ।

Kamana Sewa

आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावर, अपि पावर र अपर तामाकोशी हाइड्रोपावरको उच्च शेयर कारोबार भएको छ।मौद्रिक नीतिको समीक्षामा शेयर धितो कर्जाको सिमा बढ्ने, जोखिम भारित औसत घटाउने लगायतका मागहरु सम्बोधन हुने अपेक्षा गरिएको थियो तर ती मागहरु सम्बोधन नहुँदा बजार नकारात्मक देखिएको छ ।

Classic Tech Desktop

प्रतिकृया