• १५ भदौ २०८३, मंगलबार
  • १२:४७ बिहान

वीर अस्पताल अगाडि उपचार सेवा माग्दै प्रदर्शन

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार १२:०६

२९ माघ २०७९, काठमाडौँ: वीर अस्पतालमा उपचारका लागि पुगेका बिरामी र तीनका आफन्तले प्रदर्शन गरेका छन्। उपचार सेवा माग गर्दै उनीहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका हुन् ।


चिकित्सक संघले आह्वान गरेको बन्दका कारण आज देशका विभिन्न अस्पतालमा सेवा अवरुद्ध भएको छ। स्वास्थ्य सेवा नपाएपछि अलपत्र परेका बिरामीहरुले अस्पताल अघिको सडकमा प्रदर्शन गरेका हुन् ।

Kamana Sewa

सङ्घले माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

Classic Tech Desktop

त्यसपछि आजै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघको टोलीबीच वार्ता भइरहेको छ ।

प्रतिकृया